काठमाडौं — काठमाडौंको चक्कु मार्गबाट भन्सार छली गरेर ल्याइएको ४८३ किलो काजु प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बा ८ च ६६ नम्बरको गाडी मार्फत ल्याइएका काजुहरू काठमाडौं महानगरपालिका–१३ चक्कु मार्गमा फेला परेका हुन्।

प्रहरी वृत्त कालिमाटीको टोलीले उक्त काजुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह रहेका छन्।

प्रहरीका अनुसार भन्सार छल्दै ल्याइएका ती काजुहरू प्रतिकिलो १ हजार ३ सय रुपैयाँमा बिक्री हुने मूल्याङ्कन गरिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय