काठमाडौं —लामो समयदेखि रोकिएको नेपाल प्रहरीको एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) तहको बढुवा आजै  सिफारिस हुने सम्भावना रहेको छ।

बढुवा समितिका अध्यक्ष गृह सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव एआईजी दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने तयारीमा रहेकाले बढुवा सिफारिस आज नै, नभएमा सोमबार बिहानसम्म गर्नुपर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ।

प्रचलित कानुनअनुसार साउन ७ गतेभित्र बढुवा सिफारिस गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ। यसपटकको बढुवामा ११ रिक्त पदका लागि ३३ जना एसपीबीच प्रतिस्पर्धा हुँदैछ। प्रहरीको एमटी (मेकानिकल ट्रान्सपोर्ट) शाखामा रिक्त रहेको एसएसपी पदलाई पनि अन्यत्र स्थानान्तरण गरी बढुवा गर्ने तयारी गरिएको छ।

ज्येष्ठताका आधारमा अगाडि रहेका उम्मेदवारहरू:

विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजीव कुमार बस्नेत, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले प्रतिस्पर्धामा अगाडि छन्।

त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन्।

राजनीतिक दबाबका कारण बढुवा लम्बिएको आरोप

सूत्रका अनुसार तुलनात्मक रूपमा जुनियर मानिने जनकबहादुर शाही, चक्रराज जोशी, श्यामसिंह चौधरी, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापालाई बढुवामा पार्न गृहमन्त्री रमेश लेखकले दबाब दिँदै आएकाले बढुवा प्रक्रिया समयमै अघि बढ्न नसकेको बताइएको छ।

यसैबीच, सात एसपी र केही डिएसपीको बढुवा सिफारिससमेत गृह सचिव भारत प्रस्थान गर्नु अघि नै गर्ने तयारी गृह मन्त्रालयमा भइरहेको छ। आइतबार गृह मन्त्रालयमा बढुवासम्बन्धी उच्चस्तरीय बैठक बसेको छ।

आईजीपीको अडान : योग्यता र कार्य सम्पादन

बढुवा सिफारिस समितिको संयोजक गृहमन्त्रालयका सचिव रहने व्यवस्था भए पनि प्रहरी महानिरीक्षक(आईजीपी) उनका तर्फबाट तोकिएको अतिरिक्त महानिरीक्षक (एआईजी) समितिमा सदस्य रहने प्रावधान छ।हालका आईजीपी दीपक थापा वरिष्ठता, योग्यता, कार्यसम्पादन निष्ठाका आधारमा योग्य अधिकृतहरूकोबढुवामा जोड दिइरहेका छन्।

आईजीपी थापाको भनाइमा, “संगठनको मनोबल, अनुशासन नेतृत्व विकासका लागि योग्य अधिकृतको उपेक्षागर्नु जोखिमपूर्ण हुन्छ।उनले संगठनमा कार्यसम्पादनमा अब्बल, निष्कलंक अनुभवी अधिकृतलाई उपेक्षित गरीकनिष्ठलाई बढुवा गर्दा दीर्घकालीन असर पर्न सक्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय