दाङ, असार २८ – दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–७, भुह्यारथानमा डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ घर भएका ३५ वर्षीय वीरबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय