काठमाडौं, असार २४ – नेपालमा अवैध हुण्डी र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा रमेशकुमार गुप्ता र विपिन कुमार रहेका छन्। उनीहरू एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रमेशकुमार गुप्ताले सञ्चालन गर्दै आएको ‘राजतीर्थ ट्रेडर्स’ नामक किराना पसलको आवरणमा गैरकानुनी हुण्डी र क्रिप्टोकरेन्सी कारोबार हुँदै आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई ललितपुरको सानेपास्थित कालोपुलबाट सोमबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्रा प्रयोग निषेध, हुण्डी कारोबार निषेध तथा वन्यजन्तु सम्बन्धी कसूरमा मुद्दा चलाइनेछ।

अहिले थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय