काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उक्त बढुवा निर्णय गरेका हुन् ।

डीआईजीमा बढुवा हुनेहरूमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन् ।

वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हालिरहेका कारण बढुवा नियुक्तिको निर्णय पनि प्रधानमन्त्रीबाटै भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय