काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। सोमबार आयोजित एक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजी पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। पूर्व आईजी राजु अर्याल सेवा अवधि पूरा गरी अवकाशमा गएपछि सो पदमा पौडेललाई जिम्मेवारी दिइएको हो। अर्याल र पौडेल एउटै ब्याचका अधिकृत हुन्।

चार वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका थिए। सशस्त्र प्रहरीमा आईजी पदको कार्यकाल चार वर्ष रहने प्रावधान छ। अर्यालले २०५४ चैत १८ गते इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा सरुवा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय