काठमाडौं — बिहीबार नेपाल प्रहरीका चार एआईजी पदस्थापित भएका छन्। १२ दिनअघि बढुवा सिफारिस भइसकेका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विक आज पदस्थापनमा आएका हुन्।

पदस्थापन अनुसार राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र बिकलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ।

बढुवाअघि राठौर प्रशासन विभागमा निमित्त प्रमुख रहेका थिए र बढुवापछि पनि त्यही पदमा रहन प्रयासरत थिए। तर, उनलाई अपराध अनुसन्धान विभागमा स्थानान्तरण गरिएको छ।

नेपाल प्रहरीको पुननिर्माण र आगामी निर्वाचनको तयारीका लागि प्रशासन विभागमा बजेट उपलब्ध हुने भएकाले चारै एआईजी यस विभागमा पदस्थापनको प्रयासमा थिए। तर, प्रशासन विभागको जिम्मेवारी अन्ततः हिमालय श्रेष्ठले पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय