
काठमाडौं — जेनजी आन्दोलन र त्यसपश्चात भएको ध्वंसका कारण क्षति पुगेको कोटेश्वर नरेफाट प्रहरी चौकी पुनःस्थापना गरिएको छ। यो कार्य ‘कोटदेवी बिध्यानगर समाज सुधार समिति’ को संयोजनमा सम्पन्न भएको छ।
समिति संयोजक देब चौलागाई र सह-संयोजक सार्किमान लामा का अनुसार, प्रहरी चौकीको पुनःस्थापनामा स्थानीय समाजका अगुवाहरूको सक्रिय सहभागिता रहेको छ। साथै, प्रहरी डियुटी सहज रूपमा सञ्चालन गर्नको लागि प्रहरी चौकीलाई एक मोटरसाइकल पनि हस्तान्तरण गरिएको छ।

पुनःस्थापना कार्यक्रममा प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई स्थानीयवासी समाजका अगुवाहरूको उपस्थितिमा स्वागत गरिएको थियो, जसले सबै पक्षलाई हर्षित बनाएको संयोजकहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले भने, “प्रहरी मेरो साथी हो। मुस्कान सहितको प्रहरी र सत्य सेवा–सुरक्षणमा स्थानीय समाजले सदैव सहयोग गर्नेछ।”
समितिका संयोजक र सह-संयोजकले यस कार्यमा मन, बचन र कर्मले सहयोग गर्ने सबै पक्ष, साथै कामनपा ३२ वडा कार्यालय लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन्।




