
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् ।
बिहीबार साँझ एक भिडियोमार्फत सम्बोधन गर्दै आईजीपी खापुङले देश हाल विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रहरीहरूले हिजो भन्दा अझ बढी मनोबलका साथ नियमित कार्यमा जुट्नुपर्नेमा जोड दिए ।

उनले हालै सोमबार र मंगलबार ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
‘जेनजी’ पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलगायतका मुद्दा उठाउँदै प्रदर्शन गरेका थिए । सो क्रममा भएको हिंसात्मक घटनापछि ठूलो जनधनको क्षति भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको तथ्य पनि खापुङको सम्बोधनसँगै सार्वजनिक भएको छ ।



