काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संघीय निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्।

पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या हासिल गर्ने उद्देश्यसहित समिति गठन गरिएको रास्वपाले जनाएको छ। समितिमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेटिएका छन्।

प्रदेशगत सदस्यहरू

१. कोशी प्रदेश: उपेन्द्र पाण्डे, लक्ष्मी बडेरु, ओमनाथ भण्डारी, चन्द्रशेखर सापकोटा, पुष्कर थापा, निरज गौली, रविकुमार थपलिया

२. मधेश प्रदेश: डा. मनीषा यादव, मोहमद अयुब, महेन्द्रराज पोखरेल, यम श्रेष्ठ, प्रदीप निल्लेवा (साजन), मनबहादुर लामा

३. बागमती प्रदेश: सरिता ज्ञवाली, डा. अरनिको पाँडे, सुरज प्रधान, लय बिष्ट, प्रकाश आचार्य, दीपक विश्वकर्मा, सुमन विक्रम पाण्डे

४. गण्डकी प्रदेश: मयाराज अधिकारी, प्रदीप पाण्डे, हरि जोशी, प्रतिला शिवा भण्डारी, गोकुल सापकोटा, कृष्णमान श्रेष्ठ, हरिराज पडुवासैनी

५. लुम्बिनी प्रदेश: अर्जुन अधिकारी, इस्राइलुल्ला मियाँ, मोहन क्षेत्री, गोपाल घिमिरे, महेन्द्र गुप्ता, कल्पना पाण्डे, हरि प्रसाद रिजाल

६. कर्णाली प्रदेश: श्यामबाबु गौतम, डा. प्रभात अधिकारी, गणेशदत्त दर्कोटा, इ. शंकर ढकाल, सुशील अधिकारी, साजन विक

७. सुदूरपश्चिम प्रदेश: डा. कृष्ण भट्टराई, लक्ष्मण थारु, खेमराज साउद, शिवराज पन्त, कविन्द्र ठकुल्ला, कृष्ण न्यौपाने, जनकुमारी शिवा

तीन विशेष उपसमिति गठन

संघीय निर्वाचन सम्पादन समितिअन्तर्गत तीन विशेष उपसमिति पनि गठन गरिएका छन्।

  • केन्द्रीय समन्वय उपसमिति: संयोजक—रामकृष्ण भट्टराई; सदस्य—शिव नेपाली, होषण महतो (पार्टी संगठन र उम्मेदवारबीच आन्तरिक समन्वय)
  • प्रशासनिक समन्वय उपसमिति: संयोजक—विष्णु कुमार श्रेष्ठ; सदस्य—डा. चन्दा काकी, विदुर खड्का (सुरक्षा तथा निर्वाचनसम्बन्धी कार्यमा सरकारी निकायसँग समन्वय)
  • सञ्चार समन्वय उपसमिति: संयोजक—प्रतिभा रावल; सदस्य—असिम साह, वीरेन्द्र कुमार महतो, मिलन लिम्बु (सूचना संकलन र सञ्चार माध्यमसँग समन्वय)

तल्लो तहसम्म समिति गठन

पार्टीले प्रदेश स्तरमा २१ सदस्यीय प्रदेश निर्वाचन सम्पादन समिति, जिल्ला स्तरमा १५ सदस्यीय जिल्ला निर्वाचन सम्पादन समिति तथा निर्वाचन क्षेत्र स्तरमा पनि निर्वाचन सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ। ती समितिहरू प्रदेश सभापति, जिल्ला सभापति वा उम्मेदवारले तोकेको संयोजकको नेतृत्वमा गठन गरिनेछ।

रास्वपाले निर्वाचनलाई संगठित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै समिति तथा उपसमितिहरू सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय