काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भई हाल कपन बस्दै आएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्।

नेपाल प्रहरी को केन्द्रीय समाचार कक्षका अनुसार प्रहरी वृत्त दरबारमार्ग बाट खटिएको प्रहरी टोलीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२–५२ प ६९९४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको हो।

उक्त नगदको स्रोत खुल्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय