काठमाडौँ । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रहरीलाई अत्यावश्यक सामग्री सहयोग गरेका छन् । तिनकुनेस्थित सुविधानगरमा नवनिर्मित प्रहरी वृत्त, नयाँबानेश्वरलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।

कम्पनीका तर्फबाट कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामरालगायत सामग्री प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई निर्देशक टीकाराम न्यौपाने र दिवस न्यौपानेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले सामग्री प्रदान गरिएको जनाइएको छ । यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले विगतदेखि नै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् ।

सर्वोत्तम सिमेन्टले ४३ र ५३ ग्रेडमा ‘ग्रिन सर्वोत्तम ओपिसी’ र ‘सौरभ ग्रिन पिपिसी’ ब्रान्डका सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । त्यसैगरी, जगदम्बा सिमेन्टले पनि ४३ र ५३ ग्रेडका ‘अल्ट्रा ओपिसी’ र ‘जगदम्बा पिपिसी’ सिमेन्ट उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय