
काठमाडौँ। ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
एक वर्षको छोटो समयमै प्रभावशाली कामको इतिहास रच्न सक्ने संस्थाहरू विरलै हुन्छन्। यस्तै एक उदाहरण बनेको छ ।ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सी, जसले आजै मात्र आफ्नो पहिलो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको हो। नवप्रवर्तनशील सोच, उच्चस्तरीय सेवा र व्यावसायिक उत्तरदायित्वका साथ अगाडि बढिरहेको यस कन्सलटेन्सीको यात्रा प्रशंसनीय मात्र होइन, प्रेरणादायक पनि छ।
शुरुवातमा साना स्रोत-साधन र सीमित टिमबाट सुरु भएको यो संस्था आज निजी तथा सरकारी क्षेत्रका विभिन्न परियोजनाहरूमा सशक्त सहभागिता जनाउँदै आएको छ। चाहे शैक्षिक परामर्श होस्, व्यापारिक रणनीति निर्माण, वा अनुसन्धानात्मक सहकार्य—कन्सलटेन्सीले देखाएको दक्षता उल्लेखनीय छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमले संस्थाको पेशागत गाम्भीर्यता मात्र होइन, समाजप्रतिको उत्तरदायित्वबोध पनि देखायो। सहभागीहरूमा नीति निर्माता, शैक्षिक क्षेत्रका विज्ञ, व्यवसायिक साझेदार तथा सेवाग्राहीहरूको उपस्थिति कन्सलटेन्सीप्रतिको विश्वासको संकेत हो।

यस्तो सफलताका पछाडि टिमको समर्पण, स्पष्ट दृष्टिकोण, र निरन्तर सुधारप्रतिको प्रतिबद्धता मुख्य आधार बनेका छन्। संस्थाले पारदर्शिता, गुणस्तरीय सेवा र नवप्रवर्तनमा दिएको जोडले यसलाई अबको दिनमा अझ व्यापक सफलताका शिखरहरूतर्फ उन्मुख गराउने विश्वास गर्न सकिन्छ।
गत वर्ष भदौ १ मा स्थापना भएको ड्रिम सिटीले आजकै दिन वार्षिकोत्सव मनाएको हो। अधिवक्ता एवं पूर्वडीएसपी गोविन्द पन्थीको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा खोजपत्रकार जीवन शर्मा र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका उपाध्यक्ष, कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) का संस्थापक अध्यक्ष गणेश शर्मा, oya Educational Consultancy Pvt.Ltd का प्रवन्ध निर्देशक विवश नेपाल, Unique Printer Printing press सञ्चालक पवनलाल श्रेष्ठ, Rocket Swastik Consultancy का प्रवन्ध निर्देशक मोहन खत्री, जापानीज भाषा प्रशिक्षक राजन नेपाल, IELTS प्रशिक्षक टेक नाथ शर्मा, युवा व्यावसायी तथा समाजसेवी राम बहादुर सुनार, अभिभावक, छात्र-छात्रहरुको उपस्थिति थियो।
स्वागत मन्तव्यमा क्रममा खोजीपत्रकार जीवन शर्माले यस संस्थामा विदेशबाट अध्ययन गरेका आएका शिक्षकहरू रहेकाले गुणस्तरीय शिक्षामा कुनै कमि नआउने बताए। उनले छोटो समयमा नै संस्थाले उल्लेखीय प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए। संस्थाका अध्यक्षले संस्थालाई अझै गुणस्तरीय बनाउँदै लैजाने र आकर्षक बनाउने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रका प्रमुख अतिथिको मन्तब्य राख्दै अधिबक्त्ता गोविन्द पन्थीले भन्नू भयो, बिदेशमा गएर अद्ययन गर्ने क्रममा रोजगारीको अबसर बेगर सामान्यतया नेपालीहरुले रकम अभिभावकले पठाएर शिक्षा लिन हामी सक्दैनौं।त्यस्को लागि आफुले छनोट गरेको देशको भाषा, धर्म संस्कृति, वातावरणको र अबसर्को राम्रो ज्ञान हुनु पर्ने र अध्ययन पछि सीप सिकेर स्वादेश मै आएर हामिले केही गर्नु पर्ने तब मात्र देश बिकाश हुन सक्छ । त्यसको लागि सबैलाई सफलताको शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा सम्पुर्ण अतिथी हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।
अन्य अतिथिहरुले पनि मन्तब्य राख्दै आगामी दिनमा पनि थप सफलकार्यको शुभकामना दिनुभएको थियो ।
ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीका कार्यक्रमका सभापती सञ्चालक एवम् प्रवन्ध निर्देश महेश चालिसेले भन्नु भयो; पहिलो वार्षिकोत्सवको समय सम्म आइपुग्दा म निकै हर्षित एवम् खुसिभएको छु ।यो सबै यहाँहरुको साथ सपोर्टले नै भएको हो ।मेरा सहमित्र सुमन लुइटेको मेहनत संघर्ष र जुजुकताले मलाई थप हौशला प्रदान गरेको ।भाषा आफैमा एक किसिमको जटिल शब्द भण्डार हो ।यो जति सिको उति शिकौ शिकौ लाग्ने गर्दछ ।हाम्रा अभिभावक, शुभचिन्तक, बैद्धिकबर्ग, समाजसेवी, पत्रकार, एवम् छात्र-छात्रहरुमा धन्यवाद दिनुभयो।
चाबहिल ७ काठमाडौँको बरन्डा क्याफेमा बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा संस्थाको एक वर्षे कार्यकालको समीक्षा गरिएको थियो। कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा टिक टक प्रतिश्पर्धामा प्रथम/ दोश्रो र तृतीय हुने छात्र छात्रलाई पुरस्कार समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीका कार्यक्रमका सभापती सञ्चालक एवम् प्रवन्ध निर्देश महेश चालिसेले अतिथिलाई मायाको चिनो प्रधान गर्नु भएको थियो ।





