काठमाण्डौं – व्यापारीहरूलाई पत्रकारको परिचय दिई धाक–धम्की र अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा स्थायी घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पत्रकारको परिचय दिँदै सर्राफले स्थानीय व्यापार व्यवसायीहरूलाई धम्क्याउने र जबरजस्ती रकम असुली गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार बाराको प्रसौनी गण्डक चोकबाट उनलाई पक्राउ गरेको हो।

बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र गैरकानुनी रूपमा रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ।

यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय