
काठमाण्डौं— झापा र मोरङमा प्रहरीले लागूऔषध सहित आठ जनालाई पक्राउ गरेको छ।
मोरङको विराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमाना)बाट खटिएको प्रहरी टोलीले फागुन २५ गते चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री बेलबारी-११ का २७ वर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ वर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई-४ का २५ वर्षीय सुरज ताजपुरिया, २६ वर्षीय बिक्रम चौधरी, र २६ वर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय नेमुवाले बुढीगंगा-५ का २७ वर्षीय मोहमद नवाफलाई प्रतिबन्धित लागूऔषध Pyeevon Spas Plus २८८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ।
यस्तै, झापाको भद्रपुर नगरपालिका-५ स्थित लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित मेचिनगर नगरपालिका-१० का २६ वर्षीय प्रकाश यादव र ३२ वर्षीय साकिर महमदलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।



