काठमाण्डौं—    जिल्लाको कौडेना गाउँपालिका–६, सक्रौलबाट चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायका घरहरूमा चोरी गरेको घटना दर्ज भएको छ।

पाँचवटा घरहरूमा घरभित्र रहेका गरगहना, नगद लगायतका सरसामग्री चोरी भएको सूचना पीडितहरूले दिएका छन्। कतिपय स्थानीयका अनुसार अज्ञात व्यक्तिहरूले आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरी फरार भएको समेत जनाइएको छ। साथै, चोरको समूहले घरभित्र रहेका बाकस, कपडा आदिका सरसामग्री खेतमा लगेर फालेको पाइएको छ।

जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटनाहरू बढिरहेकाले, जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रौल गाउँमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय