काठमाण्डौं — मोरङको विराटनगर महानगरपालिका-१५, एक नम्बर ढाँटस्थित क्षेत्रमा ३.२२ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ।

लागु औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरी, धरान उपमहानगरपालिका-८ निवासी १९ वर्षीय मुकेश लिम्बुलाई पक्राउ गरिएको इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

प्रहरीले उनलाई आज दिउँसो १४:०० बजे नियन्त्रणमा लिएको हो। पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानी, मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय