काठमाडौं — डिल्लीबजार कारागारबाट १४ वर्षअघि फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले गोंगबुबाट उनलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी रहेका छन्। वैदेशिक रोजगारीसम्बन्धी ठगीको मुद्दामा काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा उनलाई ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

फैसला कार्यान्वयनका क्रममा २५ फागुन २०६६ मा पक्राउ परेका बुढाथोकी २९ साउन २०६७ मा डिल्लीबजार कारागारबाट फरार भएका थिए। उनले विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेको भन्दै पीडितहरूले जाहेरी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय