चितवन — चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा मङ्गलबार भरतपुर महानगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरेको हो।

अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ। उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने थापामगरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय