
रौतहट – नक्कली पेस्तोल देखाएर रकम असुली गरिरहेका एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
इशनाथ नगरपालिका–४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिहरूलाई नक्कली पेस्तोल देखाई डर देखाएर रकम असुली गरिरहेका मोतीहारी ग्राम पञ्चायत रोही–४ निवासी २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको हो।

रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार, कलामले खेलौना पेस्तोलको प्रयोग गरी सीमा क्षेत्रका सर्वसाधारणलाई त्रास देखाएर रकम माग्ने गरेका थिए। पक्राउपछि प्रहरीले उनलाई हिरासतमा राखेर म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले सीमा क्षेत्रमा यस्ता गतिविधिले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ। घटनाबारे थप जानकारीका लागि अनुसन्धान जारी छ।



