धनुषा – सशस्त्र प्रहरीले धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट शनिबार पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमा भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पंचायत–५ का २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो रहेका छन्।

सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार, सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले बोर्डर आउट पोस्ट (बीओपी) धनौजीको क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हतियारसहित पक्राउ— बिआर ३२ ए.डब्लू १८११ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा महतोको साथबाट ९ एमएम बाउनिङ पेस्तोल बरामद गरिएको छ। साथै, एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय