बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सर्पोटको गाडीमा राजस्व छलेर ल्याएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला पारेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । भेरी ढुवानीको सेवाको रहेको उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप भेटिएको थियो ।

यसमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि स्याङ्जाको कालिगण्डी गाउँपालिका५ बस्ने रोजन न्यौपाने र बाँकेको नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार उनीहरूसँग बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय