
काठमाडौँ — ग्राहकलाई लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई डान्सबारबाट २३ जनालाई पक्राउ गरेको छ।
गोल्डेन बार एण्ड क्लब र क्रिष्टल बार एण्ड क्लबबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।

गोल्डेन बार एण्ड क्लब नुवाकोटका पदम सिंह ठकुरीले सञ्चालन गरेका हुन् भने क्रिष्टल बारका सञ्चालक कञ्चनपुरका ३० वर्षीय सुवास सिंह ठकुरी रहेका छन्।
प्रहरीका अनुसार सडकमा हिँडिरहेका सर्वसाधारणलाई प्रलोभनमा पारेर डान्सबारमा लगेर सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरूले यात्रुलाई लुट्ने गरेको उजुरीपछि प्रहरीको निगरानी बढाइएको थियो। यसै क्रममा बुधवार साँझ गोङ्गबुका होटल व्यवसायीहरूले पनि आक्रमण प्रयास गरेका थिए।
पक्राउ परेकामध्ये क्रिष्टल बारबाट : सिता कुमारी थापा,सलिना आले मगर, रोशिका भट्टराई, लक्ष्मी राई, स्मृती लिम्बु, शुसिला मगर, सामराज तामाङ, विनोद रतौली, समिर खड्का, दिल कुमार रसाइली विराज तामाङ रहेका छन ।
त्यस्तै गोल्डेन बारबाट : शसिकला खत्री, अनिशा थापा, अञ्जना मुक्तान, सबिना मगर, सुक्रिन्ता मगर, करुणा थापा, सुन्दर तामाङ, राज कुमार तामाङ, राजेन्द्र तामाङ, देवराज तामाङ, अनिल तामाङर आदित्य लामा रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरू विरुद्ध अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद लिएर थप अनुसन्धान थालेको जनाएको छ।



