काठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्साबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदैछ।

सेन्चुरीले साउन २७ गते गोङ्गबुस्थित कञ्चन कोशी होटल एन्ड लजमा २७ वर्षीया पत्नी ललिता विकलाई ‘घुम्न जाऊँ’ भनेर लगेका थिए। तर, उनले हत्या गरी शवलाई बक्स पलङमुनि लुकाएर फरार भएको प्रहरीले जनाएको छ।

घटना लुकाउन उनले साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै हुलिया निवेदनसमेत दिएका थिए। तर, साउन ३० गते राति गेस्ट हाउसमा शव भेटिएपछि उनी पर्सा भागेका थिए।

उनीमाथि थप अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय