धरान । सुनसरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित इटहरीबाट चार जनालाई पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय मोहम्मद अवजल मियाको घरमा लागूऔषध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ का २४ वर्षीय सलमान मंसुरी, सुनसरी इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्।

प्रहरीले मंसुरीको घरमा लुकाइराखिएको अवस्थामा १,२६० क्याप्सुल ट्रामाडोल र ५१० क्याप्सुल डिकोलिक बरामद गरेको छ। साथै, लागूऔषध कारोबारमा प्रयोग गरिएका दुई थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घरधनी मोहम्मद अवजल मिया भने फरार रहेका छन् र उनको खोजतलास भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय