काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ।

साउन २५ गते दिउँसो पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय कोराजन धमला र भारतका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्। धमला हाल काभ्रेको बनेपामा बस्दै आएका थिए।

उनीहरू प्रदेश ३–०२–००३ प १६८३ नम्बरको मोटरसाइकलमा बनेपाबाट काठमाडौँतर्फ आउँदै गर्दा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय