
पर्सा — महिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–२ सिसियारी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा नेक मोटरसाइकल वर्कसप सञ्चालन गरिरहेका ४० वर्षीय नेक महम्मद र सोही वर्कसपमा काम गर्ने रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन्।

२०८२ वैशाख २३ गते वीरगन्ज बसपार्क क्षेत्रकी एक महिलालाई गोठबाट घर फर्कने क्रममा बाटोमै समातेर नजिकैको लजमा पुर्याई जबरजस्ती करणी गरिएको उनीहरूमाथि आरोप छ।
घटना गराएपछि फरार रहेका उनीहरू पीडित महिलाको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा वीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ परेका हुन्।
उनीहरूमाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।



