धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा सेकुवा सेन्टरमा कार्यरत एक १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या भएको छ।

बर्दगोरिया–३ की याचना सेजवाल शनिबार बिहान करिब १० बजे काम गर्ने क्रममा बर्दगोरिया–१ स्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा चक्कु प्रहारमा परेकी हुन्।

प्रहरीका अनुसार उनीमाथि सोही गाउँपालिका–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी सेजवाललाई तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका साउदलाई प्रहरीले केही घण्टामै नियन्त्रणमा लिएको छ। चक्कु प्रहार गर्नुको कारण अहिलेसम्म खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय