
काठमाडौं — काठमाडौं प्रहरीले एक किलो ६०६ ग्राम कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्यागमा लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त प्रतिबन्धित लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौंको इचंगुनारायण क्षेत्रबाट दुई जना रसियन नागरिक र सिनामंगल क्षेत्रबाट दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार लागुऔषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन निरौलाले जानकारी दिएका छन्।
प्रहरीले लागुऔषध तस्करी र कारोबारमा संलग्न विदेशी गिरोहलाई नियन्त्रणमा लिन निगरानी र अनुसन्धान अझ कडा बनाएको जनाएको छ।



