
सुर्खेत— सुर्खेतमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–५, गोगनपानी निवासी ३१ वर्षीय उत्तम चन्द रहेका छन्।
प्रहरीका अनुसार उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा बस्दै आएका थिए। ती किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा आइतबार (साउन ११ गते) बिहान उनलाई पक्राउ गरिएको हो।




