अत्तरिया, साउन ९ ।कैलालीको गोदावरी नगरपालिका क्षेत्रबाट करिब १.५ किलो (डेढ किलो) चरेशसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बिहीबार राति गोदावरी नगरपालिका–१, भरतपुर क्षेत्रबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–४ का २८ वर्षीय चन्द्र सिंह एरी, २५ वर्षीय मोहन भट्ट र महेश बिक रहेका छन्। उनीहरूको साथबाट करिब आधा किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गोदावरी–२ अत्तरिया स्थित बिपिन होटेलबाट बझाङको छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरा पक्राउ परेका छन्। बोहराको साथबाट १ किलो चरेश बरामद गरिएको छ।

चरेशसहित पक्राउ परेका उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको मालाखेती प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय