धनगढी — विशेष सूचनाको आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ शान्तिटोलस्थित एक घरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी मालाखेतीबाट खटिएको प्रहरी टोलीले रविन कुमार मल्लको घरमा चेकजाँच गर्दा लागुऔषध कारोबार भइरहेको आशंकामा अनुसन्धान गरेको थियो।

जाँचका क्रममा तेजबहादुर खड्काले प्रयोग गरिरहेको कोठाको खाटमाथि रहेको ब्ल्याङ्केटको खोलभित्र प्लास्टिकको पोकामा लुकाएर राखिएको अवस्थामा ९ ग्राम ६० मिलिग्राम खैरो हेरोइन फेला पारिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित खड्का र मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा पठाईएको समैत जानकारी प्रहरीले दिएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय