
काठमाण्डौं— आज बिहान करिब ०२:४५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकखण्डमा लुटपाटको घटना भएको छ। रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका–४ निवासी रविन थोकरमाथि कुटपिट गरी घाइते बनाउँदै उनीसँग भएका सुनका गहना र नगद लुटिएको थियो।
उक्त घटनामा संलग्न रहेका दोलखा जिल्ला तामाकोशी गाउँपालिका–२ की १९ वर्षीया रेबिका श्रेष्ठ र कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१५ की २७ वर्षीया पूजा रोकायालाई जडीबुटीबाट भाग्ने क्रममा प्रहरी टोलीले पक्राउ गरेको छ।

दुवैलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको प्रहरीले जनाएको छ।



