
काठमाडौं—काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित सडकखण्डबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १५० क्याप्सुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा जिल्ला दोलखा, कालिन्चोक गाउँपालिका–८ वतन भएका २९ वर्षीय सुशिल आचार्य र जिल्ला सिन्धुपाल्चोक, जुगल गाउँपालिका–८ वतन भएका २६ वर्षीय किरण शेर्पा रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको कोटेश्वरका ईन्चार्ज प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिनुभयो।



