जीवनमा साँचो सफलता र खुशी पाउनका लागि साँचो मार्गदर्शन र शिक्षाहरू अत्यन्त महत्वपूर्ण छन्। अरूसँग सहकार्य गरेर र परिश्रम गर्दै सफलता प्राप्त गर्न सकिन्छ। दुख र समस्यामा साथ दिने साथीहरू नै साँचो मित्र हुन्छन्, र ती नै जीवनका सबैभन्दा महत्वपूर्ण अंश हुन्छन्। परिवार र विशेष गरी बाबु-आमा जीवनका सर्वश्रेष्ठ शिक्षक हुन्। भाग्यलाई कर्मसंगै जोड्नुपर्नेछ, जसले मात्र जीवनलाई अर्थपूर्ण र समृद्ध बनाउन सक्छ। त्यसैले, सही बाटोमा चल्नु, परिश्रम गर्न, र आस्थामा विश्वास राख्न जीवनका महत्वपूर्ण शिक्षाहरू हुन् जसले मानव जीवनलाई मार्गदर्शन गर्छ।

जसलाई निम्नाअनुसार २५ बुदॅामा वर्णन गरौ—

१. जीवनमा तीन व्यक्तिलाई नभुल।

क- जसले तिमीलाई दुखमा साथ दिएको छ।

ख- जसले तिमीलाई दुख दिएको छ।

ग- जसले तिमीलाई कष्ट, पीडा, अपमान र तिम्रो बिरुद्ध कुरा काटेको छ।

२. भाग्यमा विश्वास गरेर जसले कर्म गर्दैन भने त्यो महामूर्ख हो।

३. सुखमा साथ दिनेहरु धैर्रै छन्, तर दुखमा हात दिने साथीहरु धैर्रै कम छन्। जसले दुखमा हात दिनेहरू छन्, उनीहरू नै माथि छन्। उनीहरू नै भगवानका प्रतिमूर्ति भएका छन्।

४. आमा र बाबा बिनाको घर मसानघाट हो।

५. अन्तिम समयमा तिमीले पाउने भनेको परिवारको साथ हो।

६. जन्मदा श्वास हुन्छ, मर्दा नाम हुन्छ; श्वास हुदैन, नाम र श्वास बिचको जीवन नै यात्रा हो।

७. अरोलाई लडाउने मान्छे आफै लडेको हुन्छ।

८. पद शक्तिमा हुँदा लगाएका पोशाकहरु जब तिम्रो अबकाश पछि तिम्रो दराजमा थन्किएको हुन्छ।

९. मृत्यु पर्यैन्त अमर हुनका लागि जीवनमा केही गर।

१०. बाबू आमा भनेका भगवान हुन्। तिम्रो अहित कहिल्यै चिताउदैनन्।

११. बाबाको फाटेको जुत्ता र आमाको पटपट फुटेको खुट्टा देखि कहिल्यै घृणा नगर। तिम्रो जीवन बनाउन कति संघर्ष गरेका हुन्छन्।

१२. जीवनमा यी कुराहरू देख्यो भने जीवन केही छैन। आरेघाट, आगो, खरानी र त्यसपछिको आकाश तिर बढ्दै गरेको धुवाँ।

१३. अरको सम्पत्ति खानको लागि सम्बन्धहरू नबढाउ। त्यो भयो भने तिम्रो अत्यन्त निश्चित छ। जो अन्यायमा परेका मानिसहरूको भगवान शिवको जस्तो रुद्र रूप देखिन सक्छ।

१४. जे जति धन सम्पत्ति, मणि माणि र सुन चाँदी भएता पनि खाने भातै हो, सुत्ने खाट नै हो, काट्ने रात नै हो, मर्दा फुक्ने शंख नै हो, बेरिने कात्रो नै हो र जाने घाट नै हो।

१५. आर्कषण प्रेम होइन। उत्साह, ऊर्जा, पूर्ण जीवन र वास्तविकता हो।

१६. बिबाह अरुले बन्धन भन्छन्। बिबाह उमंग, खुशी र दुख बाँड्ने थलो हो।

१७. श्रीमती बाबू आमाको पछाडि अभिभावक हो।

१८. उन्नति प्रगति गर्नै जन्मस्थल छोडनै पर्छ।

१९. सामान्य बाघ भन्दा पनि घाइते बाघ सय गुणा खतरनाक हुन्छ। जसले सिंहसँग लडेको छ भने श्याल र ब्वासोहरुलाई केही पनि ठान्दैन।

२०. बाहिरी चित्र होइन, भित्रको चरित्र हेरर व्यवहार र सम्बन्ध विकास गर।

२१. बाबू आमाले सिकाएको मार्गलाई फलो गर। त्यहाँ कुनै गल्ती छैन।

२२. राजनीति रणनीति पनि हो। फुकिफुकि कदम चाल्न सिक।

२३. तिमीले जे गल्ती गरेका छौ भने तिम्रा बिरुद्ध अदृश्य भगवानहरू छन्।

२४. पैसा भनेको माछा हो, कलम भनेको जाल हो।

२५. सानो छ भन्दैमा कमजोर मूल्यांकन नगर। तिमी जस्ता हजारौंलाई पढाएको हुन्छ।

लेखक- राजेन्द्रबाबु रेग्मी अवकाश प्राप्त नेपाल प्रहरीका एसपी हुनहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय