
काठमाडौं – एसएसपी बढुवाजस्तै नेपाल प्रहरीको एसपी बढुवामा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ। सिनियर र जुनियर ब्याचका अधिकृतबीचको दबाबका कारण एसपीको बढुवा प्रक्रिया अवरुद्ध भएको छ। हाल एसपीका ३७ पद रिक्त रहेका छन्। ती पदमा कारबाही भोगेका र जुनियर अधिकृतहरू समेत बढुवाको प्रतिस्पर्धामा छन्। सिनियर ब्याचबाट २४ जना प्रतिस्पर्धामा छन्।
सिनियर ब्याचका मुख्य दावेदारहरू—

सिनियर ब्याचमा डीएसपीः- नवीनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, तिलक भारती, दीपक श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल,सूर्यबहादुर खड्का, अनिलकुमार खड्का, सुमित खड्का, किशोरकुमार श्रेष्ठ, प्रेमबहादुर शाही, ज्ञानेन्द्रबहादुर बस्नेत, वीरेन्द्र थापा, र महेन्द्र नेपाल बढुवाका दावेदार हुन्।
यी सबै २०६१ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका अधिकृत हुन्।
जुनियर ब्याचका प्रतिस्पर्धी
एसपीका बाँकी १३ पदमा २०६२ सालको ब्याचका अधिकृतहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
•यस ब्याचका मुख्य दावेदारमा :- दानबहादुर थापा, रविन्द्रनाथ पौडेल, पवनकुमार भट्टराई, निशान थापा, रामेश्वर पौडेल, कवित कटुवाल, दधिराम न्यौपाने, श्यामकुमार सारु मगर, रुकेश तण्डुकार, र सुदीपराज पाठक छन्।
२०६२ सालमा भदौमा इन्स्पेक्टरमा भर्ना भएका यी अधिकारीहरूले २०७२ सालमा डीएसपीमा बढुवा पाएका थिए।
शक्तिकेन्द्रको प्रभाव र लबिइङ
•जुनियर ब्याचका अधिकारीहरू आफूहरूलाई पहिले अन्याय गरिएको भन्दै अहिले न्याय माग्दै लबिइङमा सक्रिय छन्।
•प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ नवीन कार्की र मुकुन्द रिजालजस्ता अधिकारीहरू शक्तिशाली देखिएका छन्।
•दानबहादुर थापा पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्कीका पिएसओ भएकाले सबैलाई उछिनेर बढुवा भएका थिए।
बढुवामा देखिएको अन्योल
सिनियर र जुनियर ब्याचका अधिकृतबीचको दबाब र शक्तिकेन्द्रमार्फत चलिरहेको लबिइङले गर्दा एसपीको बढुवा प्रक्रिया हालसम्म टुंगोमा पुग्न सकेको छैन। प्रहरी संगठनभित्रको यो प्रतिस्पर्धाले बढुवाको न्यायिकता र पारदर्शितामाथि प्रश्न उठाएको छ।



