सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले प्रहरी वरिष्ठ नायब निरीक्षक रञ्जनकुमार सिंहलाई २०८३ साल असोज महिनाको ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित गरेको छ।

ट्राफिक प्रहरी कार्यालय इनर्वा, सुनसरीमा कार्यरत सिंहले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट गरिएको हो।

कार्यालयका अनुसार सिंहले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठताका साथ जिम्मेवारी निर्वाह गर्दै आएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक प्रयोगकर्तामा जनचेतना अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सक्रिय भूमिका खेल्दै आएका छन्।

त्यसैगरी, ट्राफिक नियम उल्लङ्घन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षासम्बन्धी गतिविधिमा देखाएको सक्रियतालाई समेत मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

सिंहको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले अन्य प्रहरी कर्मचारीलाई पनि जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी बन्न प्रेरणा मिल्ने विश्वास कार्यालयले व्यक्त गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय