काठमाडौँ । सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको आत्मदाहपछि भएको मृत्यु प्रकरणमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास खनालसहित तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ।

रश्मीका परिवारले सिइओ विकास खनालसहित तीन जनालाई प्रतिवादी बनाउँदै प्रहरीमा किटानी जाहेरी दर्ता गराएको हो। प्रहरी स्रोतले पनि उक्त प्रकरणमा तीन जनाविरुद्ध जाहेरी परेको पुष्टि गरेको छ।

पारिवारिक स्रोतका अनुसार घटनाअघि सिइओ खनालसहित तीन जना रश्मीलाई खोज्ने भन्दै उनको घर पुगेका थिए। सो क्रममा उनीहरूले घरभित्र खानतलासीसमेत गरेको परिवारको दाबी छ। उनीहरूले के खोजेका थिए, कुनै सामग्री फेला पारे वा साथमा लिएर गए कि गएनन् भन्ने विषय भने अझै खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलबाट संकलित प्रमाण, सिसिटिभी फुटेज, घटनास्थलको अवस्था तथा परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पोस्टमार्टम प्रतिवेदनले रश्मीको मृत्यु आत्मदाहका कारण भएको पुष्टि गरे पनि उनले यस्तो कदम चाल्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यता, रश्मीका सहकर्मीहरूले पनि उनी केही दिनयता मानसिक रूपमा निराश देखिएको बताएका छन्।

नुवाकोटको तादी गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९ मा बस्दै आएकी रश्मी तारकेश्वर–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र परिसरमा रहेको एमजी कोमेटभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय