
काठमाडौँ — काठमाडौँको बौद्धमा आत्मदाहको प्रयास गरेकी २७ वर्षीया सालु गुरुङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल बौद्ध क्षेत्रमा खाजा पसल सञ्चालन गर्दै आएकी गुरुङले गत सोमबार (साउन ४ गते) राति आत्मदाहको प्रयास गरेकी थिइन्। आफ्नै पसलको पछिल्लो भागमा रहेको पार्किङस्थलमा उनले पेट्रोल छर्किएर आगो लगाएकी हुन्।

घटनालगत्तै उनका श्रीमानले उद्धार गरी साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल पठाइएको थियो।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको अवस्थामा भर्ना भएकी गुरुङको उपचारकै क्रममा निधन भएको हो।




