काठमाडौँ । आज अप्रिल अर्थात्अप्रिल फुल साथीभाइ आपसमा ठट्टा गर्ने मूर्ख बनाएर रमाइलो गर्ने यो दिनलाई यसपटक नेपाल प्रहरीले सिर्जनात्मक ढंगले प्रयोग गरेको प्रहरीले नागरिकलाई ख्याल ठट्टामार्फत नै गम्भीर साइबर सुरक्षाको सन्देश दिएरअप्रिल फुलमनाएकोहो

यसरी झुक्यायो प्रहरीले

नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै लेख्यो:

तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको छैन? सुनिश्चित गर्नका लागि एक पटकक्यूआर (QR) कोड स्क्यान गर्नुहोस्

उजुरी परेको आशंकामा धेरै प्रयोगकर्ताले उत्सुकताका साथ उक्त कोड स्क्यान गरे तर, स्क्यान गर्नेबित्तिकै स्क्रिनमा ‘अप्रिल फुल’ लेखिएको सन्देश देखियो

ठट्टाभित्र लुकेको गम्भीर सन्देश

प्रहरीले केवल रमाइलोका लागि मात्र यो पोस्ट गरेको थिएन झुक्क्याएपछि सन्देशको अन्त्यमा प्रहरीले सचेत गराउँदै लेखेको :

• सचेतना अभियान:यो क्यूआर कोड केवल सचेतनाका लागि हो आज हामीले ठट्टा गर्‍यौँ, तर भोलि यस्तै माध्यमबाट तपाईं ठूलोस्क्याम‘ (ठगी) मा पर्न सक्नुहुन्छ

• सतर्कता:अज्ञात व्यक्ति वा शंकास्पद स्रोतबाट प्राप्त क्यूआर कोड कहिल्यै स्क्याननगर्नुहोस्

• पारिवारिक जिम्मेवारी:आफू मात्र होइन, परिवारका सदस्यहरूलाई पनि यसबारे जानकारीगराई प्रविधिजन्य ठगीबाट जोगाउनुहोस्

सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया

प्रहरीको यो शैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले, विशेषगरी युवापुस्ताले निकैरुचाएका छन्

• एक प्रयोगकर्ताले लेखेका छन्: झन्डै डराएको ! नेपाल प्रहरीको भेरिफाइड पेजभएकाले विश्वास गरेर स्क्यान गरेँ, तर मलाई मूर्ख बनाइयो रमाइलो तरिकाले सचेतगराउनु भएकोमा धन्यवाद !”

• अर्का प्रयोगकर्ताको ठट्टा छ: पछिल्लो समय जीवन नै मजाक बनेको थियो, आज नेपालप्रहरीले पनि त्यसमा भाग लिएछ

प्रविधिको दुरुपयोग गरी आर्थिक ठगी बढिरहेको बेला नेपाल प्रहरीले अपनाएको यस्तोडिजिटलसचेतना अभियानलाई धेरैले प्रभावकारी मानेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय