काठमाडौं : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा बस्ने ४० वर्षीय सनिप चाम्लिङ राई साँझ करिब सवा ४ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेका छन्। राइटोलस्थित साढे चार तले घरको चौथो तल्लामा रहेको कोठामा उनी मृत अवस्थामा भेटिएका हुन्।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटनाको समयमा राई घरमा एक्लै रहेको बुझिएको छ। अविवाहित रहेका राई बेलायतमा बसोबास गर्दै आएको र कहिलेकाहीँ नेपाल आउँदा उक्त घरमा बस्ने गरेको प्रहरीले जनाएको छ।साथै आत्महत्या गर्ने व्यक्तिको प्रयोग गरेको बन्दुक लाइसेन्सधारी रहेको खुलेको छ ।

घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय