सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। तामाङको शव घ्याङ्लेख गाउँपालिका–१ स्थित पिउरीखोला जंगलमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार तामाङको हत्या भएको हो वा आफैं बन्दुक पड्किएर गोली लागेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङको शव उनको घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने जंगल क्षेत्रमा फेला परेको थियो। प्रहरी चौकी अमलेले नाइटोको भागबाट रगत बगिरहेको अवस्थामा शव देखेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।

घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षलाई ध्यानमा राखी अनुसन्धान अघि बढाइरहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय