इलाम, २०८२ मंसिर २९ गते। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरे ज्यूले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण तथा अनुगमन गर्नु भएको छ।

निरीक्षण भ्रमणका क्रममा डिआइजी घिमिरेले कार्यालय भवन, विभिन्न शाखाहरू तथा हिरासत कक्षको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आवश्यक निर्देशन दिनु भएको थियो।

निर्देशनका क्रममा उहाँले विभिन्न प्रकारका अपराध घटनालाई निरुत्साहित गर्न प्रभावकारी पहल आवश्यक रहेको उल्लेख गर्दै सामूहिक भावना, भाइचारा, सहकार्य र समन्वयका माध्यमबाट संगठनको गरिमा सधैं उच्च राख्न सबै प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।

साथै, प्रशंसनीय कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिने र संगठनको छविमा आँच आउने किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय