
सुरक्षा सरोकार । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का सात दरबन्दी रिक्त भएपछि बढुवाको तयारी तीव्र बन्दै गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत हुनुका साथै एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा भएपछि रिक्त दरबन्दी संख्या सात पुगेको हो।
हालै एआईजी र डीआईजी तहमा बढुवा सम्पन्न भएपछि अब एसएसपी स्तरको बढुवा प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यससँगै प्राविधिक सेवाका दुई एसएसपी दरबन्दीलाई जनपद/प्रशासन सेवामा मिलान गरी दरबन्दी संख्या विस्तार गर्ने तयारी भइरहेको छ। सवारी महाशाखा र केनाइन महाशाखाका प्राविधिक दरबन्दीलाई प्रशासनतर्फ स्थानान्तरण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

यो समायोजन पूरा भएपछि प्रशासनतर्फ कुल ९ वटा एसएसपी दरबन्दी हुनेछन्, जसका लागि बढुवा तयारीलाई हेडक्वार्टरले अन्तिम चरणमा पुर्याएको छ।
रिक्त पदहरू पूर्ति गर्न करिब दुई दर्जन एसएसपी अधिकारी प्रतिस्पर्धामा छन्। तीमध्ये भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट, वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना र अन्य केही अधिकारी प्रमुख प्रतिस्पर्धीको रूपमा देखिएका छन्।



