सामाजिक सञ्जालमा टिप्पणी लेखेपछि डीआईजी जयराज सापकोटाबाट स्पष्टीकरण

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ। कार्य विभागअन्तर्गत कार्य निर्देशनालयमा कार्यरत सापकोटाले प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको भन्दै स्पष्टीकरण मागिएको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए।

कोशी प्रदेशमा हुने डीआईजी सरुवासम्बन्धी गृह मन्त्रालयको निर्णयमा सापकोटाले सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेका थिए। गृहमन्त्री ओमप्रकाश अर्यालले विनोद घिमिरेलाई कोशी पठाउने निर्णय गरेपछि सापकोटाले आफ्नो फेसबुकमा, “हम कभी नहीं सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ” भन्दै टिप्पणी गरेका थिए।

कोशीमा कमान्ड गर्ने इच्छा राखेका सापकोटाले फरक व्यक्तिलाई पठाउने मन्त्रालयको निर्णयपछि असन्तुष्टि जनाएका हुन्। उनको उक्त टिप्पणी प्रहरी नियमावली–२०७१, प्रहरी मिडिया सम्बन्धी नीति–२०६० तथा आचारसंहिता–२०७७ विपरीत भएकाले विभागीय कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय