काठमाण्डौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति प्राप्त तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा आईजीपी कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा १ जना, गृहमन्त्रालयको सोही दिनको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट नायब महानिरीक्षक (डिआईजी) पदमा १ जना र प्राविधिक पृष्ठभूमिका वरिष्ठ उपरीक्षकबाट प्राविधिक नायब महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जनाको पदोन्नति भएको थियो।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, नायब महानिरीक्षक विश्व अधिकारी र प्राविधिक नायब महानिरीक्षक ई. रामकुमार चौधरी रहेका छन्।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले पदोन्नत अधिकृतहरूका परिवारजनलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। जेष्ठता, कार्यकुशलता, विधि–पद्धति र व्यावसायिक निष्ठाका आधारमा पदोन्नति भएको उल्लेख गर्दै उहाँले उनीहरूको नेतृत्व क्षमताले संगठनमा अझ प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय