काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवकाशप्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई गरिएको पासपोर्ट रोक्का र स्थानहद सम्बन्धी प्रचारप्रति कडा आपत्ति जनाएका छन्। गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा ओलीले यो सबै हालका आईजीपीलाई दवाबमा पार्न गरिएको दाबी गरे।

हाल नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हालिरहेका छन्।

ओलीले खापुङ जस्तै हालैसम्म देशको शान्ति–सुरक्षा जिम्मेवारी सम्हालेका व्यक्तिलाई “अब कतै पनि जान नपाऊने” स्थितिमा पुर्‍याइनु ‘तमासा र राजनीति’ बाहेक केही नभएको आरोप लगाए।

उनले भने—

“रूल अफ ल लागू हुन नदिने, निर्दोषलाई थुन्ने, दोषीलाई छोड्ने—यही हो सरकारको बाटो ?”

यसै क्रममा उनले वर्तमान सरकारले ‘जेनजी’ नामक समूह खडा गरेर नाटकजस्तै गतिविधि गराइरहेकाे आरोप पनि लगाए। ओलीका अनुसार सरकार सुशासनको अर्थ ओली र रमेश लेखकलाई पक्राउ गर्ने अभियान मात्र ठानिरहेको छ।

ओलीले आरोप थपे—

“जेनजीका नाममा मस्यौदा कसले लेख्यो, को–कोलाई बोलाएर पढाइयो, यसको आयोजक को हो—सबै थाहा छ। यो सबै बिना पैसा चलाइएको नाटक हो।”

उनले प्रतिनिधिसभाको पुनःस्थापना माग गर्दै विघटन अनधिकृत व्यक्तिको सिफारिसमा भएको दाबी गरे।

जेनजी समूहमार्फत युवाहरूलाई आवेश र उत्तेजनामा उतारेर धम्की र क्षति पुर्‍याउने काम गराइएको आरोप लगाउँदै उनले भने—

“सरकार निर्वाचन होइन, ड्रामा चलाउन व्यस्त छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय