
काठमाण्डौं— तत्कालीन नेकपा माओवादी केन्द्रबाट अछाम क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावलले आफू ज्यानमार्ने धम्कीको निशानामा परेको बताएका छन्। रावलले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै एमाले नेता तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबारे टिप्पणी गरेपछि आफूलाई धम्की आएको बताएका हुन्।
उनका अनुसार आशिष मानसिंह नामका व्यक्तिले फोनमार्फत गम्भीर किसिमको धम्की दिएका छन्। उक्त घटनाबारे उनले कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जानकारी गराइसकेका छन्। रावलका अनुसार अब कानुनी प्रक्रिया अघि बढ्ने–नबढ्ने भन्ने विषय प्रहरी प्रशासनको कदममा निर्भर रहनेछ।




