काठमाडौं — नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्।

प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा हुने भएकाले हालका आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन्। सोही कारण सरकारले नयाँ आईजीपीको नियुक्ति पूर्वसन्ध्यामा नै गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय