सुरक्षा सरोकार— गृह मन्त्रालयले प्राविधिक समूहतर्फका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. बिगिसा बस्नेतमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

गत साउन २१ गतेदेखि बिना जानकारी डा. बस्नेत बिदामा रहेकी कारण गृह मन्त्रालयले उनीमाथि कारबाही प्रक्रिया सुरु गरेको हो। लामो समयसम्म नेपाल एपिएफ अस्पताल, बलम्बुमा कार्यरत डा. बस्नेतसँग सम्पर्क स्थापित गर्न प्रयास भए पनि सफल नभएपछि गृहले सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार सफाइ पेश गर्न बोलाएको जनाएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कुनै पनि प्रहरी कर्मचारी ९० दिनसम्म बिना जानकारी आफू कार्यरत कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ। गृह मन्त्रालयले डा. बस्नेतलाई विभागीय सजायको चेतावनी दिँदै, बिनाजानकारी अनुपस्थित हुने कुनै कारण भए त्यसको व्याख्या सहित सात दिनभित्र सफाइ पेश गर्न भनेको छ। सचिवस्तरीय निर्णयअनुसार, कात्तिक २० गते उनलाई सफाइ पेश गर्ने अवसर दिइएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा बीचमै जागिर छाड्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। खासगरी तल्ला तहका सुरक्षाकर्मीहरूले न्यून वेतन र वैदेशिक रोजगारीका आकर्षक अवसरका कारण पेन्सन हुनुअघि नै सेवा छाड्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय